दफा १२
प्रवेश गर्न सक्ने

(१) जलाधार संरक्षण अधिकृतले वा निजले तोकेको कर्मचारीले दफा ४ मा लेखिएको कुनै कार्य गर्न वा त्यस्तो कार्यहरुको निरीक्षण वा स्याहार सम्भार गर्न संरक्षित जलाधार क्षेत्रभित्रको जग्गामा जुनसुकै बखत प्रवेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रवेश गर्दा कसैले बाधा बिरोध गर्न गराउन हुँदैन ।